प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा साविक विजेता रियल म्याड्रिड र भिल्लारियलले बराबरी खेलेका छन् । शनिबार बेलुकी भएको खेलमा म्याड्रिड र भिल्लारियलले १-१ गोलको बराबरी खेलेका हुन् ।
इस्टेडियो डेला सेरामिकामा भएको खेलमा रियल म्याड्रिडले सुरुवातमै अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमा कार्भाहालको पासमा मारियानोले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । मारियानोको यो सिजनको दोस्रो खेल हो । पहिलो रोजाईका स्ट्राइकर करिम बेन्जिमा चोटको कारण कारण उपस्थित थिएनन् । यस्तै दोस्रो रोजाइका स्ट्राइकर लुका जोभिकलाई कोरोना संक्रमण पुष्टि भएपछि मारियानोले आवसर पाएका थिर ।
भिल्लारियलले खेलको ७६ औँ मिनेटमा बराबरी गोल गर्यो । म्याड्रिडका किप्पर कर्टियसले चुक्वेजेलाई लडाएपछी पाएको पेनाल्टीमा जेरार्ड मोरिनोले गोल गर्दै भिल्लारियल खेलमा फर्काएका थिए । त्यसपछि थप गोल गर्न नसक्दा दुवै टोलीले एक-एक अङ्क बाढे ।
बराबरीसंगै भिल्लारियल १० खेलमा १९ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ भने म्याड्रिड ९ खेलमा १७ अङ्क जोड्दै चौथो स्थानमा छ ।
