चेल्सी प्रिमियर लिगको शिर्ष स्थानमा

  • 3
    Shares

प्रज्जवल थापा । न्यु क्यासल युनाइटेडलाई हराउदै चेल्सी इङलिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चेल्सीले न्यु क्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

जेम्स पार्कमा भएको खेलमा चेल्सीलाई जित दिलाउन ट्यामी अब्रहामले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको दसौँ मिनेटमा फेड्रिको फेर्नान्डेजले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि चेल्सीले खेलमा अग्रता लिएको थियो ।

यस्तै ६५ औँ मिनेटमा टिमो वेर्नरको पासमा ट्यामी अब्रहामले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाएका थिए । खेलको पूरा समयमा घरेलु टोलीले गतिलो आक्रमण गर्न सकेन । थप समयमा दुवै टोलीबाट गोल नभएपछि चेल्सी विजयी भएको हो ।

जितसंगै चेल्सी ९ खेलमा १८ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *