काबुलमा रकेट आक्रमण : आठ जनाको मृत्यु, दर्जनौ घाइते

  • 2
    Shares

काबुल । अफगानिस्तानको राजधानी मा शनिबार भएको रकेट आक्रमणमा परी आठ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *