चितवनमा पाण्डेमाथि भएको अभद्र व्यवहारको छानविन गर्न नेता नेपालको माग

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्लासम्म आइपुगेको छ । पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा अर्को पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका हुन् ।

राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए । नेता पाण्डेले मदन भण्डारी फाउण्डेसनमार्फत पार्टीमा गुटबन्दी भएको बताएपछि कार्यक्रममा नारावाजी भएको थियो ।

नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो । नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उच्छृंखलता देखाएको बताए । यसैबीच, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यक्रममा नेता पाण्डेमाथि भएको अभद्र व्यवहारको निन्दा गरेका छन् ।

घटनापछि शनिबार विज्ञप्ति जारी गरी नेपालले सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि यो पटक्कै नसुहाउने भन्दै घटनाको छानविन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *