कोभिडविरुद्धको खोपलाई अनुमति दिन फाइजरद्वारा एफडीएमा आवेदन

  • 3
    Shares

फाइजर र उसको सहायक कम्पनी बायोएनटेकले कोभिड १९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा आवेदन दिएका छन् । उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ । खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन ।

यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ। वेलायतले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ । त्यसमध्ये यो वर्षको अन्त्यसम्म उसलाई एक करोडवटा खोप उपलब्ध भइसक्नुपर्नेछ ।

अमेरिकामा खोपको कति आवश्यकता छ भन्ने कुरा कोरोनाभाइरसका कारण बिहीवार ठूलो सङ्ख्यामा भएको मृत्युले देखाउँछ । जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा दुई हजार भन्दा बढीको मृत्यु भएको थियो ।

यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक केही घण्टाभित्रै खोप वितरण गर्न तयार भएको उनीहरूले बताएका छन् । विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसको आनुवंशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ ।

सामान्यता अमेरिकामा कुनै नयाँ खोप स्वीकृतिका लागि औसत समय आठ वर्ष रहँदै आएको छ । फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन विश्वलाई कोभिड १९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा भएको टिप्पणी गरेका छन् ।

सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन(सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ । युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले पनि खोप यो वर्षको अन्त्यसम्म उपलब्ध हुन सक्ने बताएकी छन् ।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनमा कार्यरत प्राध्यापक स्टीफन इभान्सले एफडीए र युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले एकदमै सावधानीपूर्वक मूल्याङ्कन गर्ने बताए । यसै साता सार्वजनिक भएको विवरणहरूले फाइजर र बायोएनटेक खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको दाबी गरेका छन् ।

यसको प्रभावकारिता सबै उमेरसमूहमा एकरूपता रहेको छ ( परीक्षणमा जोखिममा रहेका वयस्क र जातजाति र फरक लिङ्गलाई बढी महत्व दिइएको थियो । परीक्षणका क्रममा खोप दिइएका मानिसमा सामान्यदेखि मध्य र छोटो समयका लागि अन्य प्रभाव पनि देखा परेका थिए ।

मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो । खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टिबडी र टी सेलहरू आफैँ बनाउँछ ।

यो सातामात्रै अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख ५० हजार नाघ्यो जुन विश्वमा अहिलेसम्म सबैभन्दा धेरै सङ्ख्या हो । विगतका सातामा सङ्क्रमित पुष्टि हुने र मृत्यु हुने सङ्ख्या पनि अमेरिकामा बढ्दै गएको छ । अमेरिकी कम्पनी मोर्डनाको तथ्याङ्कअनुसार उसले बनाएको खोपले पनि ९५ प्रतिशत सुरक्षा दिन्छ ।

यसले पनि एमआरएनए विधि नै अपनाएको हो । खोप विकास गर्नेमा यो पनि फाइजररबायोएनटेक खोपभन्दा त्यति धेरै पछाडि नरहेको ठानिएको छ ।

अक्स्फर्ड यूनिभर्सिटीरएस्ट्राजेनेका खोप पनि परीक्षणकै क्रममा छ र यसले राम्रा परिणामहरू देखाएका छन्। वेलायतले आफूले उक्त खोपको एक करोड मात्रा लिने बताइसकेको छ । रुसमा बनाइएको अर्को खोपको परीक्षण पनि उत्साहवद्र्धक देखिएको छ । यसले अक्स्फर्ड खोपले जस्तै काम गर्छ। चीन र रुसमा अरू खोपहरू पनि परीक्षणको अन्तिम चरण छन् ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *