युभेन्टसलाई काग्लियरीको चुनौती

प्रज्जवल थापा । इटालियन च्याम्पियन युभेन्टसलाई आज काग्लियरीले चुनौती पेश गर्दै छ । सिरि ए अन्तर्गत हुने खेल नेपाली समय अनुसार १ः३० बजे शुरु हुनेछ ।

एलिनाज स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्न चाहन्छन् । युभेन्टस पछिल्लो ५ खेलमा अपराजित रहेको छ । पछिल्लो खेलमा युभेन्टस लाजियोसँग बराबरीमा रोकिएको थियो । साविक विजेता युभेन्टस ७ खेलमा १३ अङ्क जोड्दै पाँचौ स्थानमा छ ।

गत शनिबार भएको खेलमा सम्पडोरियालाई २-० गोल अन्तरले पराजित गरेको काग्लियरी ७ खेलमा १० अङ्क जोड्दै ११ औँ स्थानमा छ । गत जुलाईमा भएको अन्तिम खेलमा काग्लियरी २-० गोल अन्तरले विजयी भएको थियो । दुई टोलीबीचको पछिल्लो १९ भेटमा युभेन्टस १५ खेलमा विजयी भएको छ भने १ खेलमा पराजित भएको छ । यस्तै ३ खेल बराबरीमा सकिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *