चिनियाँ रक्षामन्त्री वेई दुई सातापछि नेपालको औपचारिक भ्रमणमा आउने

  • 125
    Shares

काठमाडौं । भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेको भ्रमण लगत्तै उत्तरी छिमेकी चीनका रक्षामन्त्री वेई फङ्गह एक दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । दुई हप्ताभित्र आउने तय हुँदै गरेको भ्रमण तालिकाअनुसार वेईले बिहान आएर काठमाडौंमा करिब घण्टा १२ घण्टा बिताउनेछन् ।

त्यसपछि उनी अर्को मुलुक जाने स्रोतले पुष्टि गरेको छ । यसअघि विदेशमन्त्री वाङ्ग यी नेपाल आउन लागेको खबर बाहिरिए पनि पछि रक्षामन्त्रीको भ्रमण तय भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

चीनको ३५ सदस्यीय क्याबिनेटमा पाँच सदस्यीय स्टेट काउन्सिलरमध्ये दुईजना मन्त्री छन् । तीमध्ये वेइ एक हुन् । उनी सन् २०१८ को मार्च १९ मा रक्षामन्त्री तथा स्टेट काउन्सिलरमा नियुक्त भएका थिए । सन् १९७२ जनवरीदेखि चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बनेका उनी १७ औं केन्द्रीय कमिटीको वैकल्पिक सदस्य र १८ औं केन्द्रीय कमिटीको सदस्यसमेत रहेका छन् ।

सान्डोङ्ग प्रान्तको लिआओचङ्गमा जन्मेका वेई १६ वर्षको उमेरमा १९७० डिसेम्बरदेखि चिनियाँ जनमुक्ति सेनामा भर्ना भएका थिए । त्यसको १४ वर्षपछि सन् १९८४ मा दोस्रो आर्टिलरी कमाण्ड एकेडेमीको कमाण्ड डिपार्टमेन्टबाट स्नातक भएपछि दोस्रो आर्टिलरी कोर्प्सको जनरल बनेका हुन् । सन् २०१२ मा दोस्रो तोपखाना कोर्प्सको कमाण्डरमा नियुक्त हुनुअघि वेईले जनमुक्ति सेनाको डेपुटी चीफ अफ स्टाफको जिम्मेवारी सम्हालेका थिए । चिनियाँ रक्षामन्त्री वेईको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


  • 125
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *