कुख्यात हत्यारा ८ बर्ष पछि पक्राउ

  • 3
    Shares

 

जनकपुरधाम । प्रहरीले जीवच्छ अन्सारीलाई अपहरणपछि विद्यार्थीको हत्या गरिएको मुख्य योजनाकारलाई आठ वर्षपछि पक्राउ गरेको छ ।

अन्सारीलाई महोत्तरीको सिमाना क्षेत्रबाट पक्राउ गरेको २ नं प्रदेश प्रहरीले जनाएको छ । अन्सारी महोत्तरीको एकडारा गाउँपालिका–३ भटौलियाका हुन ।

प्रहरीको विशेष टोलीले उनलाई जलेश्वर नगरपालिका–३ स्थित नेपाल भारत सीमा नजिकैबाट नियन्त्रणमा लिएको हो ।

अन्सारीमाथि अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र नक्कली प्रमाण पेश गरेर नागरिकता लिएको तीन उजूरी परेको छ ।

२०६९ साल चैत ४ सोनमा गाउँपालिका–१ सुन्दरपुरका २२ वर्षीय पंकज यादवलाई अन्सारीको समूहले अपहरण पश्चात परिवारजनबाट ७ लाख फिरौती लिएका थिए ।

आफ्नो समूहको पोल खुल्ने डरले अपहरणपछि पंकजको छुराले गर्दन रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । फिरौती असुलीपछि पोल खुल्ने डरले अन्सारीको समूहले उनको हत्या गरेको पक्राउ परेकाहरूले बयान दिएका छन् ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *