नेपाल प्रहरीमा एक एआईजी र पाँच डिआइजीको दरवन्दी थप

  • 2
    Shares

काठमाडौं । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ५ प्रहरी नायव महानिरीक्षक (डिआईजी)को नयाँ दरवन्दी थपिएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले दरवन्दी थप गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीमा अब ४ एआईजी र १९ डिआईजी हुने भएका छन् । सरकारले नेपाल प्रहरीको संख्या बृद्धिसँगै माथिल्लो पदमा समेत दरवन्दी मिलान गरेको हो ।

प्रहरी संगठन संघीय ढांचामा जाने भएपछि केन्द्रमा ४ जना एआईजी रहने भएका हुन् । थप गरिएको एआईजीको दरवन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहने भएको छ ।

थप गरिएको ५ डिआईजीहरुको दरवन्दी कार्य निर्देशनालय अपराध अनुसन्धान निर्देशनालय, साईवर ब्युरो, प्रदेश समन्वय निर्देशनालय र अन्वेषण योजना तथा विकास निर्देशनालय रहेका छन् ।

एआईजी दरवन्दी थप भएपछि अब विश्वराज पोखरेलको बढुवा लगभग पक्कापक्की जस्तै देखिएको छ । उनी डिआईजीमा सबैभन्दा जेष्ठ हुन् । उनी अन्य डिआईजी भन्दा एक बर्ष अघि नै डिआईजीमा बढुवा भएका थिए । उनी एआईजीमा बढुवा भएपछि नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक बन्नेछन् ।

हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अनिवार्य अवकास पछि पोखरेलले नेपाल प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।

नेपाल प्रहरीमा अहिले ३ दरवन्दी खाली छ भने सरकारले ५ डिआईजीको दरवन्दी थपेपछि ८ जना डिआईजी बन्ने छन् । अब ८ डिआईजीका लागि एसएसपीहरु गणेश ऐर, पुरुषोत्तम कँडेल, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा, रामकृपाल शाह, उमेश रञ्जित, दिवेश लोहनी, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।

दरवन्दी थप भएपछि प्रहरी प्रधान कार्यालयले बढुवाको प्रकृया समेत अघि बढाएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कठायतले जानकारी दिएका छन् ।

 


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *