थप २१०३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१५०२० पुगेको छ ।

त्यसैगरी बिहीबार कोरोना संक्रमणबाट थप २८५८ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १८५६३८ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७६ पुगेको छ । क्वारेन्टाइनमा ७६७ जना रहेका छन् भने आइसोलेसनमा २८१०६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *