नेसन्स लिग: इटाली र बेल्जियम सेमिफाइनलमा

  • 2
    Shares

प्रज्जवल थापा । इटाली र बेल्जियम युईएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेका छन् । बुधवार राती दुवै टोलीले आ-आफ्नो खेलमा जित दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा बेल्जियमले डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकु ले दुई गोल गर्दा योउरी टेलेमानस र केभिन डेब्रुयनले एक-एक गोल गरे । जितसँगै बेल्जियम ६ खेलमा १५ अङ्क जोड्दै शिर्ष स्थानमा रहेको अन्तिम चरणमा प्रवेश गरेको हो ।

यस्तै अर्को खेलमा इटलीले बोस्नियालाई २–० ले हरायो । इटालीको लागि आन्द्रे बेलोटी र डोमेनिको बरार्डीले एक-एक गोल गरे । यससँगै इटालीको अपराजित यात्रा २२ खेलसम्म पुगेको छ । इटालीपनि ६ खेलमा १२ अङ्क जोड्दै शिर्ष स्थानमा रहेर समुहचरणको अन्त्य गर्यो ।

यसअघि विश्व विजेता फ्रान्स र स्पेन सेमिफाइनल पुगिसकेका छन् । साविक विजेता पोर्चुगल समुहचरणबाट बाहिरिसकेको छ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *