झापामा एक कोरोना संक्रमितको मृत्यु

 

झापा – झापामा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

दमक नगरपालिका ९ का ७० वर्षीय बलबहादुर धिमालको बिहीबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी अस्पताल बिर्तामोडमा राखेर उपचार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *