डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

सुनसरी । ईटहरी उपमहानगरपालिका ६ गोर्खा डिमार्टमेन्ट स्टोर नजिक बाटोबाट डाँका मुद्दाका फरार अभियुक्त संखुवासभा चैनपुर नगरपालिका ७ बस्ने पर्वत तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभाबाट फरार रहेका उनलाई सो ठाउंमा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *