अफगानिस्तानमा भएको हिंसात्मक हमलामा जिल्ला प्रहरी प्रमुखसहित पाँच जनाको मृत्यु

अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।

फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको बम विस्फोट गराएर आतंककारीहरुले एकजना प्रहरी प्रमुखसहित पाँच जनाको ज्यान लिएका हुन् । उक्त जिल्लामा सवारी साधनलाई लक्षित गरी सडकको किरानामा बम राखिएको थियो । त्यो बम विस्फोट हँुदा सवारीमा रहेका रहेका कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदार मारिएका छन् ।
उनी सहित सो आक्रमणमा परेर अरु चार जनाको पनि ज्यान गएको फरयाब प्रान्तका प्रान्तीय प्रमुखले जनाएका छन् ।

विस्फोटक हमलाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन । तर अफगानिस्तानको सुरक्षा निकायले भने सो हमलामा तालिबान समूहका लडाकूहरुको हात रहेको अनुमान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *