USAID

माग पूरा नभए वीर अस्पतालका चिकित्सकहरु बिहीबारदेखि थप कडा आन्दोलनमा उत्रिने


काठमाडौं । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले एक महिनादेखि आन्दोलन जारी राखेका छन् । कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले ३१ औं दिनमा आन्दोलन जारी राखेका हुन् ।

कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोबल गिराउने काम सरकारले गरेको उनीहरुले गुनासो गरेका छन् । आफूहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै कात्तिक २ गतेदेखि आन्दोलन सुरु गरेका थिए ।

नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधा समेत पदाधिकारीहरुले नदिएकाले आन्दोलन गर्नुपरेको बताए । आफ्ना माग पुरा नभए बिहीबारदेखि थप कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *