USAID

सत्तारुढ नेकपाको सचिवालय बैठक दुबै अध्यक्षको सहभागितामा बालुवाटारमा जारी


काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेदेखि बैठक सुरु भएको हो । बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका नौ जना सदस्य सहभागी छन् ।

यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारेका थिए । कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *