मन्त्रिपरिषद् बैठक एक घण्टा धकेलियो, सचिवालय बैठक निर्धारित समयमा बस्ने

काठमाडौँ । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित गरिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । मन्त्रिपरिषद् बैठक १ घण्टा सरेपछी सचिवालय बैठक निएधारित समयमा नै हुने भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् सचिवालय बैठक निर्धारित समयमा बालुवाटारमा बस्ने जानकारी दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *