USAID

विश्वकप छनोट: अर्जेन्टिनाद्वारा पेरु पराजित


प्रज्जवल थापा । फिफा विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इस्टेडियो नेसनल डि लिमामा भएको खेलमा अर्जेन्टिनाको जितमा निकलोस गोन्जालेज र लौटेरो मार्टिनेजले गोल गरे । अर्जेन्टिनाले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको १७ औँ मिनेटमा लो सेल्सोको पासमा निकलोस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई खेलमा अगाडी बढाएका थिए ।

२८ औँ मिनेटमा डानियल परेडेजको पासमा लौटेरो मार्टिनेजले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । थप समयमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाएपनी गोल गर्न नसक्दा अर्जेन्टिना २-० गोल अन्तरले विजयी भएको हो । जितसँगै अर्जेन्टिना ४ खेलमा १० अङ्क जोड्दै अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा ब्राजिलले सतप्रतिशत जितलाई निरन्तरता दिने क्रममा उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्यो । उरुग्वेको मैदानमा भएको खेलमा ब्राजिललाई जित दिलाउन अर्थर र रिचार्लिसनले एक-एक गोल गरे । जितसँगै ब्राजिल ४ खेलमा १२ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *