USAID

स्विडेनमाथी फ्रान्सको सानदार जित


प्रज्जवल थापा । विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सानदार जित निकालेको छ । मंगलबार राती भएको समुहचरणको अन्तिम खेलमा फ्रान्सले स्विडेनलाई ४-२ गोल अन्तरले हराएको हो ।

स्टाडे डि फ्रान्समा भएको खेलमा फ्रान्सको जितमा ओलिभिएर जिरोउडले दुई, बेन्जामिन पभार्ड र किङ्स्ले कोमानले एक-एक गोल गरे । स्विडेनको लागि भिक्टोर क्लेसोन र रोबिन क्वेसनले गोल गरेपनि जितको लागि पर्याप्त भएन । खेलमा शुरुवाती अग्रता स्विडेनले लिएको थियो । चौथो मिनेटमा भिक्टोर क्लेसोनले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

१६ औँ मिनेटमा मार्कुस थुरामको पासमा ओलिभिएर जिरोउडले गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए । ३६ औँ मिनेटमा बेन्जामिन पभार्डले गोल गर्दै फ्रान्सलाई खेलमा अगाडि बढाएका थिए । ५९ औँ मिनेटमा कालियन एम्बाफेको पासमा जिरोउडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । ८८ औँ मिनेटमा रोबिन क्वेसनले गोल गर्दै स्विडेनलाई ३-२ को स्थितिमा ल्याएका थिए । तर अतिरिक्त समयको अन्तिम मिनेटमा लुकास डिग्नेको पासमा किङ्स्ले कोमानले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।

जितसँगै फ्रान्सले लिगमा अपराजित रहदै समुहचरणको अन्त्य गरेको छ । परजित स्विडेन लिगको पुछारमा रहेपछि रेलिगेसनमा परेको छ । फ्रान्स अघिल्लो खेलमा पोर्चुगललाई पराजित गर्दै अन्तिम चरणमा प्रवेश गरेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *