USAID

रुबिन डियाजको दुई गोलमा पोर्चुगल विजयी


प्रज्जवल थापा । डिफेन्डर रुबिन डियाजले दुई गोल गरेपछि पोर्चुगल विजयी भएको छ । युईएफए नेसन्स लिग अन्तर्गत भएको रोमाञ्चक खेलमा पोर्चुगलले क्रोसियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

स्टेडियोन पोल्जुडमा भएको खेलमा पोर्चुगलको जितमा रुबिन डियाजले दुई गोल गर्दा जोया फेलिक्सले एक गोल गरे । क्रोसियाको लागि माटियो कोभासिकले गरेको गोल सान्त्वना बन्यो । खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । २९ औँ मिनेटमा माटियो कोभासिकले गोल गर्दै क्रोसियालाई खेलमा अगाडी बढाएका थिए ।

५२ औँ मिनेटमा रुबिन सेमेडोको पासमा रुबिन डियाजले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याए । ६० औँ मिनेटमा डियगो जोटाको पासमा जोया फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । ६५ औँ मिनेटमा निकोला भल्सिकको पासमा माटोयो कोभासिकले गोल गर्दै क्रोसियालाई बराबरीमा ल्याए । तर खेलको अन्तिम समयमा रुबिन डियाजले गोल गर्दै पोर्चुगललाई जित दिलाए ।

जितसँगै पोर्चुगलले समुहको दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *