USAID

नेकपाका नेता भुसालको कोरोना संक्रमणबाट मृत्यु


नेपालगंज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट मंगलबार मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा मंगलबार साँझ ५ः१५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाललाई कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै रहेका थिए । थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उनको निधन भएको हो ।

मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताए । यो सँगै बाँकेमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचारको क्रममा आई ३८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको आज मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो ।
उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *