USAID

बंगलादेशसँग नेपालको बराबरी


प्रज्जवल थापा । बंगलादेशविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमा रोकिएको छ । मंगलबार बेलुकी भएको खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका हुन् ।

ढाका स्थित बंगबन्धु रंगशालामा भएको खेलमा दवै टोलीले पाएका अवसर सदुपयोग गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । बराबरीसँगै बंगलादेशले ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ जितेको छ । पहिलो खेलमा बंगलादेशले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपालले गोल गर्न नसक्दा बराबरीमा चित्त बुजाउन बाध्य भयो । खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठले गरेको हेडिङ पोस्टमा लागेर फर्किएको थियो । आज भएको खेलमा नेपालको लागि छिरिङ गुरुङ, सेसेहाङ आङ्देम्बे र पुजन उपरकोटीले डेब्यु गरेका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीको रुपमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *