USAID

भरतको कप्तानीमा बंगलादेशविरुद्ध नेपालको शुरुवाती ११ घोषणा


प्रज्जवल थापा । फर्वार्ड भरत खवासको कप्तानीमा प्रशिक्षक महर्जनले बंगलादेशविरुद्ध नेपालको शुरुवाती ११ घोषणा गरेका छन् । खेल नेपाली समय अनुसार बेलुकी ४:४५ बजे शुरु हुँदैछ ।

आजको दोस्रो मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबका फर्वार्ड खवासले कप्तानी समाल्ने भएका छन् । पहिलो खेलमा किरण चेम्जोङ कप्तान थिए । पहिलो खेलको तुलनामा आज प्रशिक्षक बालगोपाल महर्जनले ५ खेलाडी परिवर्तन गरेका छन् । फर्वार्डमा नवयुगको स्थानमा भरत खवास आएका छन् । मिडफिल्डमा रवि पासवान र बिक्रम लामाको स्थानमा दर्शन गुरुङ र एरिक विष्टले अवसर पाएका छन् । यस्तै डिफेन्डमा सुमन अर्याल र अजित भण्डारीको स्थानमा रन्जित धिमाल र छिरिङ गुरुङले शुरुवात गरेका छन् । गुरुङको आज नेपालको लागि डेब्यु हुनेछ । गोल किप्परमा किरण चेम्जोङ यथावत छन् ।

नेपालको शुरुवाती ११

किरण चेम्जोङ;
रन्जित धिमाल, अनन्त तामाङ, विकाश खवास, छिरिङ गुरुङ;
एरिक विष्ट, तेज तामाङ;
अन्जन विष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ;
भरत खवास


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *