USAID

पोर्चुगललाई क्रोसियाको चुनौती


प्रज्जवल थापा । युईएफए नेसन्स लिग अन्तर्गत आज हुने समुहचरणको अन्तिम खेलमा पोर्चुगललाई क्रोसियालाई चुनौती पेश गर्दै छ । खेल नेपाली समय अनुसार राती १:३० बजे शुरु हुनेछ ।

स्टेडिओन पोल्जुडमा हुने खेलमा आजको खेल जित्दै क्रोसिया रेलिगेसनबाट बच्न चाहन्छ । अघिल्लो खेलमा फ्रान्ससँग पराजित भएसँगै समुहचरणबाटै बाहिरिएको पोर्चुगल क्रोसियालाई पराजित गर्दै लिगमा सुखद अन्त्य गर्न चाहन्छ । पोर्चुगल ५ खेलमा १० अङ्क जोड्दै दोस्रो स्थानमा छ । क्रोसिया ५ खेलमा ३ अङ्क जोड्दै तेस्रो स्थानमा छ । दुई टोलीबिच भएको अन्तिम भेटमा पोर्चुगल ४-१ गोलले विजयी भएको थियो ।

समुहकै अर्को खेलमा फ्रान्सले स्वेडेनको सामना गर्नेछ । अन्तिम चरणना प्रवेश गरेको फ्रान्स लिगमा अपराजित टोली हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *