आगलागीबाट कपनमा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा सोमबार राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बस्नेतको घरमा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ५ का कृष्ण बहादुर तामाङको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।

घटनामा मृतककी ३५ वर्षीय बहिनी बिपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ घाइते भएका छन् । उनीहरूको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको । प्रहरीका अनुसार बिपना तामाङको शरीरको ३० प्रतिशत भाग जलेको छ । बिपना दाजुसँग तिहार मनाउन आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *