धरानमा कोरोना संक्रमित दुईको मृत्यु

 

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार सुनसरी र तेह्रथुमका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–८ की ३८ वर्षीया महिलाको भएको हो। उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी तेह्रथुमकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको थियो । रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *