नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ : मन्त्री ज्ञवाली

काठमाडौँ । नेकपा स्थायी कमिटी सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेताहरूलाई आरोप-प्रत्यारोप नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ज्ञवालीले पार्टी एकता अप्ठ्यारोमा रहेको, तर रक्षा गर्ने प्रयास पनि जारी रहेको उल्लेख गर्दै नीतिगत वहस गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयास पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ।

https://m.facebook.com/story.php?story_fbid=10224311666010068&id=1556582270

Leave a Reply

Your email address will not be published. Required fields are marked *