सरकारले ठेक्का दिएका सम्पदाहरुको पूनर्निर्माणमा ढिलाईः मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारले ठेक्कामा दिएका सम्पदाहरुको पूनर्निर्माणमा ढिलाई भएको बताएका छन् ।

आइतबार ललितपुरमा ललितपुर उद्योग बाणिज्य संघले आयोजना गरेको खड्ग पायाः जात्रा सम्बन्धी पुस्तक बिमोचन, सम्मान तथा पाटन दरवार क्षेत्रसँग सम्बन्धी बन्द लायेकु पायाः पुन सञ्चालन प्रतिवद्धता कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका हुन् ।

भूकम्पपछि भत्किएका सम्पदाहरुको पुनर्निर्माणका लागि ठेक्कामा दिएका ललितपुरको शंखमुलको जगत महादेव मन्दिर, रातो मन्च्छिन्द्रनाथ लगाएतका चार मन्दिरहरुमा पुननिर्माणमा ढिलाई भएको उनले बताए ।

उनले स्थानीय तवरबाट नै पुनर्निर्माण गरिएका भिमसेन मन्दिर लगायतका सम्पदाहरुको निर्माण छिटो भएको उल्लेख गरे । उनले नगरमा ऐतिहासिक पाटीपौवा लगायत निर्माणलाई पनि महानगरले प्राथमिकतामा राखेको जानकारी दिए । महर्जनले पाटन दरवार क्षेत्रसँग सम्बन्धित बन्द भएको लायेकु पायाः लाई पनि निरन्तरता दिन आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा खड्ग पायाः जात्रा सञ्चालका लागि भूमिका खेलेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सो सम्बन्धी जानकारी दिइएको पुस्तक सार्वजनिक गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *