सबै नेपाली फूटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

प्रज्जवल थापा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको लागि बंगलादेशमा रहेका सबै नेपाली खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

शनिबार गरिएको प्ररिक्षणमा सबै २५ खेलाडीसहित नेपाली टिमको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फूटबल संघ(एन्फा) ले बताएको हो । यसअघिको प्रशिक्षणमा डिफेन्डर रन्जित धिमालको रिपोर्ट पोजेटिभ आएपछि पहिलो खेल गुमाएका थिए । तर शनिबारको प्रशिक्षणमा उनको रिपोर्टपनी नेगेटिभ आएको हो ।

घरेलु टोलीविरुद्धको पहिलो खेलमा २-० गोल अन्तरले पराजित भएको नेपाल दोस्रो खेल मंगलबार खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *