काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ताका लागि पहल गर्न आग्रह गरेका थिए । जवाफमा गौतमले प्रधामन्त्रीलाई बैठकबाट समस्याको समाधान खोज्न आग्रह गरेका गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन् । त्यस्तै भेटमा गौतमले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेका थिए ।
सुवेदीका अनुसार गौतमले प्रधानमन्त्रीलाई कार्यशैली सच्याए प्रस्ताव गौण हुने कुरा बताएका थिए । त्यस्तै गौतमले यही ढंगले प्रस्तुत हुने भए प्रस्ताव फिर्ता नहुने प्रधानमन्त्रीलाई बताएका थिए । दुई नेताबीच एक घण्टा छलफल भएको बताइएको छ ।