रोमसले दुई पेनाल्टी मिस गर्दा स्पेनको बराबरी

  • 1
    Share

प्रज्जवल थापा । कप्तान सेर्जियो रोमसले एकै खेलमा दुई पेनाल्टी मिस गरेपछि स्पेनले स्विजरल्याण्डसँग बराबरी खेलेको छ । शनिबार राती युईएफए नेसन्स लिग अन्तर्गत भएको खेलमा स्पेनले स्विजरल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।

जोकब पार्कमा भएको खेलमा स्विजरल्याण्डको लागि रेमो फ्रेउलेरले गोल गर्दा स्पेनको लागि जेरार्ड मोरेनोले गोल गरे । खेलको २६ औँ मिनेटमा एम्बोलोको पासना रेमो फ्रेउलेरले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । ५७ औँ मिनेटमा सेर्जियो रोमसले स्पेनलाई खेलमा फर्काउनबाट चुके । रोड्रिग्वेजले पेनाल्टी क्षेत्रभित्र हातले बल छोएपछि पाएको पेनाल्टीमा रोमस गोल गर्नबाट चुके ।

७९ औँ मिनेटमा स्पेनको खेलमा दोस्रो पेलान्टी पायो । पेनाल्टी क्षेत्रमा स्विजरल्याण्डका खेलाडीले मोराटालाई फवल गरेपछि पाएको पेनाल्टीमा रोमस फेरि गोल गर्न बाट चुके । तर ८९ औँ मिनेटमा रेगुलोनको पासमा जेराड मोरिनोले गोल गर्दै स्पेनलाई हारबाट जोगाए ।

बराबरीसँगै स्पेन ५ खेलमा ८ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्विजरल्याण्ड ५ खेलमा ३ अङ्क जोड्दै अङ्क तालिकाको पुछारमा छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *