नेकपाका नेता कुन्दन भट्टराईको कोरोना संक्रमणबाट निधन

  • 4
    Shares

झापा । झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ । काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले जानकारी दिए ।

फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो ।

अर्जुनधारा नगरपालिका–५ घर भएका मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराईकी पत्नी विष्णु भट्टराई, एक छोरा र एक छोरी छन् ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *