आज लक्ष्मीपूजा

काठमाडौ । नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।
कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि शनिबार बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि छ ।

जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ । आइतबार बिहान आंैंसी तिथि भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय छ । शनिबार दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ । लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *