- 30Shares
प्रज्जवल थापा । बंगलादेश विरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । शुक्रबार बेलुकी भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो ।
करिब एक वर्षपछि मैदानमा फर्किएको नेपाल पहिलो खलमै पराजित भएको छ । बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन नविद जीवन र मबुर रहमानले गोल गरे । खेलको नवौं मिनेटमा सद उदिनको पासमा नविद जीवनको गोल गर्दै बंगलादेशलाई खेलमा अगाडी बढाएका थिए ।
यस्तै खेलको ८० औँ मिनेटमा मबुर रहमानले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपालले गोल गर्नभने सकेन । नेपालको लागि विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गरे ।
थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि बंगलादेश २-० गोलले विजयी भएको थियो । अब दोस्रो खेल मंसिर २ गते हुनेछ ।
- 30Shares