पार्टी निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैं हुन्छः माधव नेपाल

काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिवद्धता जनाए पार्टी भित्र देखिएको समस्या समाधान हुने बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गरे समस्याको समाधान आफैं हुने बताए । त्यसका लागि पार्टी कमिटीको बैठक निरन्तर राखि छलफल, बहस र वादविवाद गर्नुपर्ने बताए । उनले बहस, बैठक र कमिटी प्रणालीबाट भाग्ने गरेमा समस्याको समाधान हुन नसक्ने बताए ।

उनले भने, ‘पार्टी कमिटी नै एउटा ठाउँ हो जहाँ सबै खालका कुराहरु आउँछन्, आउनुपर्छ । छलफल बहसबाट नै उपाय खोज्नुपर्छ । किनभने हामीले आन्दोलनलाई र यो पार्टीलाई एकतावद्ध भएर अगाडी बढाउनुपर्छ । एकतावद्ध भएर अगाडी बढाउन गई हामी सबै अनुशासनमा बाँधिनुपर्छ ।’ उनले कमीकमजोरीहरुलाई सुधारेमात्र कम्युनिष्ट आन्दोलन र पार्टी एकतालाई बचाउन सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *