विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३० लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ३० लाख नाघेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट शुक्रबार बिहानसम्ममा ५ करोड ३० लाख ८२ हजार ७४४ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १२ लाख ९९ हजार २३० जनाको मृत्यु भएको छ भने ३ करोड ७२ लाख ९३ हजार बढी संक्रमणमुक्त भएका छन् । त्यस्तै, संक्रमितमध्ये १ करोड ४५ लाख ७४ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ९५ हजार ६ सय भन्दा बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ कारोड ८ लाख ७३ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ४८ हजार ५ सय बढीको मृत्यु भएको छ भने ६७ लाख २८ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ८७ लाख २७ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २८ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८१ लाख १३ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५७ लाख ८३ हजार नाघेको छ भने १ लाख ६४ हजार ३३२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५२ लाख ५६ हजार ७ सय भन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *