हेटौँडामा बस र ट्रक ठोकिँदा एकको मृत्यु

हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ नेवारपानीमा यात्रुबाहक बस र मालवाहक ट्रक एकआपसमा ठक्कर खादा बसमा सवार एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्री बस र विपरीत दिशाबाट आउँदै गरेको ना २ ख ७५३८ नम्बरको ट्रकले बसको पछाडिको भागमा ठक्कर दिँदा बसमा सवार एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा सर्लाही चक्रघट्टा का अन्दाजी राजकिशोर रायको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *