करिब ७ लाख नक्कली नोटसहित सिरहाबाट तीन जना पक्राउ

  • 3
    Shares

सिराहा । करिब ७ लाख नक्कली नेपाली नोटसहित सिराहाबाट तीन युवा पक्राउ परेका छन् । जिल्लाको गोलबजार नगरपालिका-६ लामाटोलबाट बिहीबार दिउँसो पूर्ण रुपमा तयारी अवस्थामा ३ लाख र फोटोकपी कागजमा प्रिन्ट गरी राखिएको र काट्न बाँकी रहेको ३ लाख ८४ हजार गरी ६ लाख ८४ हजार रुपैयाँको नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिइएको सिराहा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय विमलेन्द्र नायक छन् । पक्राउ परेका तीनै जना गत असोज २१ गतेदेखि गोलबजार नगरपालिका-६ लामाटोलका वीरेन्द्र महतोको घर भाडामा लिएर बस्दै आएका थिए ।

तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *