सडक बिस्तारको विरोधमा बालाजुमा प्रदर्शन

  • 1
    Share

काठमाडौं । सरकारले गैरकानुनी रुपमा आफ्नो आवास क्षेत्रमा डोजर लगाएको विरोधमा बालाजु बाइपासमा उपत्यका सडक बिस्तार संघर्ष समितिले विरोध प्रर्दशन गरेको छ । सो क्षेत्रको सडक भत्काउने कार्य तत्कालका लागि नगर्नु भन्ने सर्वोच्चको आदेश बिपरीत आफूहरुको भौतिक सम्पतिमा डोजर लगाइएको भन्दै समितिले त्यस क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

छलफलबाट टुंगो नलागेसम्म निवदेकहरुको अनधिकृत कब्जा गर्ने, भत्काउने जस्ता कुुनै पनि कार्य नगर्नु नगराउनु भनी आदेश सर्वोच्चले दिएपनि आदेश कार्यान्वयन नभएको स्थानीयको गुनासो छ । बाटोको दुबै क्षेत्रमा नेवारहरुको पुरानो वस्ती रहे पनि सर्वोच्चको आदेश बिपरीत बस्ती भत्काएर सडक विस्तार गरिएको स्थानीय रवीन्द्र कुमार श्रेष्ठले गुनासो गरे ।

उनले माथिको आदेश भन्दै एकतर्फी रुपमा स्थानीयलाई दमन गरेको बताए । उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले बालाजु बाइपासदेखि महेन्द्रपार्क क्षेत्रमा २६५ मिटर दुरी सडक विस्तार गर्न लागिएको जनाएको छ ।

स्थानीयको विरोधका बाबजुद पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेर सडक बिस्तारको काम भने भइरहेको छ । यता सो क्षेत्रका वडा सचिव कुसुम महर्जनले भने पहिलेनै मुआव्जा बितरण भइकाले सडक बिस्तारको काम भइरहेको जानकारी दिए । यसअघि स्थानीले शक्तिको आडमा जबरजस्ती घर भत्काएको भन्दै बालाजु चौकीमा समेत धर्ना दिएका थिए ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *