थप १९१३ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रायका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १९१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २,०४,२४२ पुगेको छ । त्यस्तै बिहीबार निको भई थप २३४९ जना डिस्चार्ज भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या १६४५९२ पुगेको मन्त्रालयले जनएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको छ । क्वारेन्टाइनमा ९७४ जना रहेका छन् भने आइसोलेसनमा ३८४६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *