रौतहटमा गोली प्रहार गरी युवतीको हत्या

  • 7
    Shares

 

रौतहट । रौतहटमा एक युवतीको गोली हानी हत्या गरिएको छ । माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहकी १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गए राती गोली हानी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

राति ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए । गोली लागेर युवतीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


  • 7
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *