राणा सिडमा दोस्रो कार्यकालका लागि निर्वाचित

 

 

काठमाडौं । महिला अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै आउनु भएकी अभियान्ता बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकी छन् ।

राणा सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जानकारी दिएको छ ।

न्यूर्योकमा सोमबार भएको कमिटिको २१ औँ बैठक अन्तर्गत भएको चुनावमा १३७ देशको मत पाएर राणा पुनः निर्वाचित भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *