पत्रकार महासंघ युरोप शाखाको कार्यबाहक महासचिवको जिम्मेवारी रिजाललाई

काठमाडौं । नेपाल पत्रकार महासंघ युरोप शाखाले महासंघको नाम, छाप र लेटरप्याडको अनधिकृत रुपमा प्रयोग गर्दै अन्य शाखामा पदस्थापन भएका डिल्लीराम अम्माई र योगेन्द्र मिलन छन्तयालले जारी गरेको विज्ञप्ति कपोलकल्पित भएको ठहर गरेको छ ।

शाखा अध्यक्ष केजिन राईको अध्यक्षतामा बसेको जुम बैठकले उनीहरुले जारी गरेको विज्ञप्ति कपोलकल्पि भएको ठहर गरेको हो । त्यस्तै बैठकले शाखाको कार्यबाहक महासचिवको जिम्मेवारी द्रोण रिजाललाई दिने निर्णय गरेको छ । बैठकले युरोप शाखाबाट सचिव वसन्त रानाभाट र सदस्य भोला लामिछानेले दिएको राजीनामा स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *