शाक्यलाई विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिइएको छ । उर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उनलाई जिम्मेवारी दिएको छ । शाक्यलाई ‘प्राधिकरणको इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर निमित्त कार्यकारी निर्देशको जिम्मेवारी दिइएको हो ।

ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए । यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिइएको थियो । कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण निमित्तका भरमा चल्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *