सन्दिप सम्मिलित दिल्ली पहिलोपटक आईपिएलको फाइनलमा

प्रज्जवल थापा । दिल्ली क्यापिटल्स पहिलोपटक इन्डियन प्रिमियर लिग (आईलिएल) को फाइनलमा पुगेको छ । आइतबार भएको दोस्रो क्वालिफायरमा दिल्लीले सनराइजर्स हैरबादलाई १७ रनले पराजित गरेको हो ।

१९० रनको विजयी लक्ष्य पछ्याएको हैरबादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । हैरबादको लागि केन विलियम्सनले सार्वधिक ६७ रन बनाएपनी टोलीलाई जित दिलाउन सकेनन् । उनले ४५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । अब्दुल समदले १६ बलमा २ चौका र २ छक्काको मद्दतमा ३३ रन बनाउदा मनिष पाण्डेले २१, प्रियम गार्गले १७ रन जोडे ।

दिल्लीको लागि कगिसो रबडाले ४ ओभर बलिङ गर्दै २९ रन दिएर सार्वधिक ४ विकेट लिए । मार्कुस स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिदा अक्सर पटेलले एक विकेट लिए ।

यसअघि सेख जायद रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । दिल्लीको लागि शिखर धवनले सार्वधिक ७८ रन जोडे । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३८ रन जोड्दा हेटमायरले ४२ र श्रेयस आएरले २१ रनको योगदान गरे ।

हैरबादको लागि सन्दिप शर्मा, जेसन होल्डर र रसिद खानले एक-एक विकेट लिए । जितसँगै पहिलोपटक आईपिएलको फाइनलमा पुगेको दिल्लीले उपाधिको लागि मंगलबार मुम्बईको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *