भारतद्वारा नेपाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण

काठमाडौं । भारत सरकारले नेपाललाई २८ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाइ भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्री ढकालले ती भेन्टिलेटर अत्यावश्यक स्वास्थ्य संस्थामा उपलब्ध गराउने प्रतिवद्धता जनाए । त्यस्तै कोरोनाविरुद्धको लडाईंमा छिमेकी देशहरुको सहयोग महत्वपूर्ण भएको उनको भनाई छ । मन्त्री ढकालले कोरोना विरुद्धको खोपको पहुँच नेपालीहरुमा पुर्याउनका लागि सरकार गम्भीर रुपमा लागिरहेको जानकारी दिए ।

त्यस्तै भारतीय राजदूत क्वात्राले कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आएमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले दुईदेशबीचको सहयोग र सहकार्य जारी रहने बताए । भारतले यसअघि पनि कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *