युभेन्टस र लाजियोको बराबरी

  • 31
    Shares

प्रज्जवल थापा । खेलको अन्तिम समयमा गोल गरेपछि लाजियोले युभेन्टससँग बराबरी खेलेको छ । सिरि ए अन्तर्गत आइतबार बेलुकी भएको खेलमा लाजियो र युभेन्टसले १-१ गोलको बराबरी खेलेका हुन् ।

स्टेडियो ओलम्पिकोमा भएको खेलमा युभेन्टसले शुरुवाती अग्रता लिएको थियो । खेलको १५ औँ मिनेटमा कौड्राडोको पासमा क्रिस्ट्यानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । जिततर्फ अग्रसर बनेको युभेन्टसले अन्तिम समयमा गोल बेहोर्न पुग्यो । अतिरिक्त समयको अन्तिम मिनेटमा फिलिपे कैसेडोले गोल गरेपछि लाजियोले खेलमा बराबरी गरेको थियो ।

यससँगै दुवै टोलीले एक-एक अङ्क बाढेका छन् । बराबरीसँगै युभेन्टस ७ खेलमा १३ अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ ।


  • 31
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *