सीके राउतको पार्टी फुट्यो, सहयोगी महतोको नेतृत्वमा नयाँ संगठन स्थापना

  • 47
    Shares

जनकपुर । सीके राउत नेतृत्वको गठबन्धनका तत्कालिन सहसंयोजक कैलाश महतोले स्वाधीन मधेस जनअभियान नामको नयाँ संगठन खोलेका छन् ।

सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपछि असन्तुष्ट बनेका महतोको नेतृत्वमा १४ सदस्यीय स्वाधीन मधेश जन–अभियानको तदर्थ समिति आइतबार जनकपुरधाममा घोषणा गरिएको छ ।

महतोले बनाएको समितिमा रमेश सिंह (महोत्तरी), संजय कुमार साह (पर्सा), सतिला यादव (सिरहा), ध्रुव प्रसाद कहार ‘गौंड’ (नवलपरासी), महेन्द्र प्रसाद चौधरी (कैलाली), हकिकुल्लाह मुसलमान (कपिलवस्तु), दिनेश प्रसाद यादव र सुजित कुशवाहा (बारा), देवकान्त सिंह (सिरहा) अनवर खान (बांके), जगरनाथ सहनी (रुपन्देही), प्रवीण महतो (मोरंग) र नारदमुनि मण्डल (सप्तरी) रहेका छन् ।

काठमाडौं र मधेसका बीच समानतामा आधारित राजनीतिक, आर्थिक, सामरिक, प्रशासनिक र शासकीय सम्बन्ध स्थापित हुनुपर्ने भन्दै संयोजक महतोले देशमा समानता र समतामूलक समाज र विभेदरहित सामाजिक प्रणालीको स्थापना गर्न संगठन बनाएको बताएका छन् ।


  • 47
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *