कोरोनाका २८१७ संक्रमित थपिए, २१ जनाको मृत्यु

  • 5
    Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ । बुधबार कोरोना संक्रमणबाट थप २८१२ जना निको भएका छन् । योसँगै काेराेना जित्नेकाे संख्या १ लाख ५७ हजार ९२६ पुगेको मन्त्रालयले जनाएको छ । आइसोलेसनमा ३५ हजार ४१९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ११४९ जना रहेका मन्त्रालयले जनाएको छ ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *