सिरि ए मा आज लाजियो र युभेन्टस भिड्दै

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज लाजियो र युभेन्टस भिड्दै छन् । स्टेडियो ओलम्पिकोमा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:१५ बजे शुरु हुनेछ ।

लिगमा अपराजित रहेको युभेन्टस आजको खेल जित्दै शिर्ष स्थानको एसि मिलानसँग अङ्क दुरि घटाउन चाहन्छ । युभेन्टस ६ खेलमा १२ अङ्क जोड्दै तेस्रो स्थानमा छ । लाजियोपनी आजको खेल जित्दै लिगमा स्थान सुधार गर्न चाहन्छ । लाजियो ६ खेलमा १० अङ्क जोड्दै नवौँ स्थानमा छ ।

दुई टोलीबिचको पछिल्लो २९ खेलमा युभेन्टस २१ खेलमा विजयी भएको छ । यस्तै लाजियोले ५ खेल जित्दा तीन खेल बराबरीमा सकिएको थियो ।

लिगमा आज हुने अन्य खेलहरु

एटलान्टा विरुद्ध इन्टर मिलान (बेलुकी ७:४५ बजे)
जियोना विरुद्ध रोमा (बेलुकी ७:४५ बजे)
टोरिनो विरुद्ध क्रोटोने (बेलुकी ७:४५ बजे)
बोलोग्ना विरुद्ध नापोली (१०:४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *